logo
  • २०८२ माघ १५ | Thu, 29 Jan 2026
  • मधेस सरकारले दलित समुदायको सम्मानमा सार्वजनिक बिदा घोषणा

    मधेस सरकारले दलित समुदायको सम्मानमा सार्वजनिक बिदा घोषणा

    जनकपुर । मधेस प्रदेश सरकारले यही माघ १८ गते प्रदेशमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

    प्रदेश सरकार गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकरप्रसाद पालले आज जारी गरेको सूचनामा मन्त्रिपरिषद्को गत मङ्सिर १६ गतेको निर्णयानुसार माघ १८ गते सार्वजनिक बिदा दिइएको हो।

    सूचनामा मधेश प्रदेशलगायत देशभरिका दलित तथा सीमान्तकृत समुदायले विशेष श्रद्धा र भक्तिका साथ मनाउने रविदास जयन्ती (माघ पूर्णिमा) का अवसरमा प्रदेशभित्र बसोबास गर्ने उक्त समुदायको सम्मानस्वरुप उक्त दिन सार्वजनिक बिदा दिने निर्णय भएको उल्लेख छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ माघ १५, बिहीबार २१:२०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP