काठमाडौं । सिरहाको गोलबजारमा बिहीबार भएको प्रदर्शनका क्रममा गोली लागेर १९ वर्षीय गणेश यादवको मृत्यु भएको छ।
जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालका अनुसार यादवको मृत्यु भएको पुष्टि गर्दै उक्त क्षेत्रमा स्थिति नियन्त्रणमा लिन बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको बताए।
सोही प्रदर्शनमा गोली लागेर अन्य एकजना घाइते भएको र उनको थप उपचारका लागि नेपाली सेनाले अस्पताल लगेको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिए।
सुनसरीको घटनापछि तरंगित बनेका मधेशका विभिन्न जिल्लाहरूमा निषेधाज्ञा जारी रहनुका साथै प्रदर्शनकारीहरू निरन्तर सडकमा आन्दोलनरत रहेका छन्।

प्रतिक्रिया