logo
  • २०८२ माघ १७ | Sat, 31 Jan 2026
  • सरकारी सञ्चार माध्यमको प्रमुख दायित्व: लोकतान्त्रिक मूल्य र शैक्षिक सामग्रीको संरक्षण

    सरकारी सञ्चार माध्यमको प्रमुख दायित्व: लोकतान्त्रिक मूल्य र शैक्षिक सामग्रीको संरक्षण

    काठमाडौं । उपराष्ट्रपति रामसहाय यादवले नेपाल टेलिभिजनले नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारिता बढाउनुपर्ने बताएका छन्।

    शनिबार काठमाडौंमा आयोजित नेपाल टेलिभिजनको ४१ औं वार्षिकोत्सव कार्यक्रममा उनले डिजिटल युगमा प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य रहेको भन्दै नयाँ प्रवृत्ति र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै नेपाल टेलिभिजनले प्रभावकारीता बढाउनुपर्ने बताए।

    उनले भने, ‘आजको डिजिटल युगमा विषयवस्तु, पहुँच, प्रस्तुती र प्रवृत्तिलाई निरन्तर विस्तार गर्नु अपरिहार्य छ। नयाँ प्रवृत्ति, डिजिटल प्लेटफर्म र बढ्दो जनअपेक्षालाई आत्मसाथ गर्दै प्रशारण सामग्रीको गुणस्तर र प्रभावकारीता बढाउनु आवश्यक छ।’

    यस्तै, उनले परम्परागत रेडियो वा टेलिभिजनमा सिमित नभई डिजिटल माध्यममार्फत जनतासामु पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्‍याउने अवसर पनि भएको बताए।

    उनले भने, ‘परम्परागत रेडियो वा टेलिभिजनमा सिमित नभई डिजिटल माध्यममार्फत जनतासामु पुग्नु आजको चुनौती मात्र होइन, नयाँ पुस्तासम्म राष्ट्रको आवाज पुर्‍याउने अवसर पनि हो।’

    सरकारी सञ्चार माध्यमहरुको प्रमुख दायित्व राष्ट्रको आवाजलाई सशक्त बनाउने, नागरिकलाई जानकारीमूलक शैक्षिक तथा प्रेरणादायी सामग्री उपलब्ध गराउने र लोकतान्त्रिक मूल्यहरूको संरक्षण गर्ने पनि रहेको उनको भनाई छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ माघ १७, शनिबार १९:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP