logo
  • २०८३ मंसिर १३ | Sat, 28 Nov 2026
  • सिरहा पोर्ताहाका करेन्टपीडित बालकलाई सभापति यादवको व्यक्तिगत उपचार खर्च सहयोग

    सिरहा पोर्ताहाका करेन्टपीडित बालकलाई सभापति यादवको व्यक्तिगत उपचार खर्च सहयोग

    महेश सिंह लहान सिरहा – करेन्ट लागेर शरीरको आधा भाग जलेपछि गम्भीर घाइते भएका ८ वर्षीय आयुष सदायको उपचारमा परिवारले चरम आर्थिक अभाव झेलिरहेका बेला स्थानीय नेता तथा युवाहरूले प्रारम्भिक रूपमा २ हजार ५ सय ५५ रुपैयाँ आर्थिक सहयोग गरेका छन्।

    सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–३, पोर्ताहा सदाय टोलका बालक आयुषको उपचार खर्च जुटाउन कठिन भएपछि परिवारले सहयोगका लागि अपिल गरेको थियो। गम्भीर अवस्थाका बालकको उपचारमा ठूलै रकम आवश्यक पर्ने देखिए पनि तत्कालका लागि नेपाली कांग्रेसका पूर्व सभापति बासुदेव यादव, वडा नम्बर १ का वर्तमान सभापति सन्तोष कुमार यादव, हिरालाल सिंह, युवा महेश यादव र रिझन यादवले संयुक्त रूपमा उक्त रकम जुटाएर सहयोग गरेका हुन्।

    उक्त सहयोग रकम आयुषकी ठूलीआमा डोमनी देवी सदायको हातमा हस्तान्तरण गरिएको छ।

    शरीरको ठूलो हिस्सा जलेर गम्भीर अवस्थामा रहेका बालकको जीवन रक्षा र प्रभावकारी उपचारका लागि प्राप्त यो सहयोग अपर्याप्त रहेकाले थप आर्थिक सहायता जुटाउनुपर्ने अवस्था छ। तसर्थ, बालक आयुषको उपचारमा सहयोग पुर्‍याउन इच्छुक समाजसेवी, संघसंस्था तथा मनकारी व्यक्तिहरूलाई परिवारसँग सम्पर्क गरी मानवीय सहयोग गरिदिन आग्रह गरिएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह    
  • २०८३ मंसिर १३, आईतवार ५:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP