काठमाडौं – काठमाडौँ महानगरपालिका–११ स्थित सुन्धारामा रहेको होटलमा एक जना शिक्षक मृत अवस्थामा भेटिएका छन्। मृतक रुकुम पश्चिमको मुसिकोट नगरपालिका–५ टक्सेरा घर भएका ४६ वर्षीय सुरेश पुन मगर हुन्।
मंगलबार बिहान उनको शव होटलको कोठामा भेटिएको हो। प्रहरीले घटनास्थलबाट आवश्यक अनुसन्धानपछि शवलाई त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमका लागि पठाएको जनाएको छ। उनी सिस्ने सनराइज बोर्डिङ स्कुलको प्रिन्सिपल थिए।
पुन मगर एक महिनादेखि सुन्धारा स्थित होटल रोयल थकालीमा बस्दै आएका थिए। अनुसन्धानका क्रममा प्रहरीले घटनास्थललाई शङ्कास्पद नभएको बताएको छ। थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया