logo
  • २०८२ फाल्गुन २७ | Wed, 11 Mar 2026
  • लखनऊको एक होटलमा आगलागी, २ को मृत्यु, करिब २४ जना घाइते

    लखनऊको एक होटलमा आगलागी, २ को मृत्यु, करिब २४ जना घाइते

    एजेन्सी,२० भदौ । भारतको उत्तर प्रदेशको राजधानी लखनऊको एक होटलमा आगलागी हुँदा दुईजनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएका छन्।

    सोमबार बिहान हजरगन्जस्थित होटल लेभानामा आगलागी हुँदा दुईजनाको मृत्यु र दर्जनौं घाइते भएको भारतीय मिडियामा समाचार छ। आगलागीका क्रममा केही मानिसहरुलाई झ्यालबाट बाहिर निकालिएको थियो।

    समाचार एजेन्सी पीटीआईले जिल्ला अधिकारी सूर्यपाल गंगवारलाई उधृत गर्दै लेखेको छ,’ होटल मालिकका अनुसार भवनमा ३० कोठा थिए। जसमध्ये १७ कोठा बुक गरिएको थियो। दुर्घटना हुँदा होटलमा करिब ३५ /४० जना थिए। केही मानिस बिहानै होटलबाट निस्किएका थिए।’

    दुर्घटनाको कारण एकिन नभएपनि विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने बताइएको छ। होटल संचालकले पहिलो तल्लामा ब्याक्वेट हल रहेको बताएका छन्। आगलागीमा घाइते भएका झन्डै दुई दर्जन मानिसलाई श्यामाप्रसाद मुखर्जी अस्पताल लगिएको बताइएको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ भाद्र २०, सोमबार १०:१०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP