logo
  • २०८३ आश्विन २२ | Thu, 08 Oct 2026
  • उडिरहेको विमानबाट एक्कासी निस्कियो आगोको मुस्लो, पाइलटको चलाखीले सुरक्षित अवतरण

    उडिरहेको विमानबाट एक्कासी निस्कियो आगोको मुस्लो, पाइलटको चलाखीले सुरक्षित अवतरण

    नयाँ दिल्ली । अमेरिकाबाट ब्राजिल जाँदै गरेको विमानबाट अचानक आगोको मुस्लो निस्कन थाल्यो । सो घटना क्यामेरामा कैद भएको छ । यो घटनाको भिडियो सामाजिक सञ्जालमा बाहिर आएको छ ।

    भिडियोमा विमान उड्दै गर्दा त्यहाँबाट आगो निस्किएको देख्न सकिन्छ। घटना अमेरिकाको नेवार्कबाट ब्राजिलको साओ पाउलोका लागि उडेको युनाइटेड एयरलाइन्सको बोइङ ७७७–२०० उडानमा भएको हो । रिपोर्टका अनुसार एन७८७युए नम्बरमा दर्ता भएको विमानमा बुधबार नेवार्क एयरपोर्टबाट उडेको केही समयमै आगो देखिएको हो।

    रिपोर्टअनुसार आगो निस्किएपछि पाइलटले चलाखीले प्लेन एट्लान्टिक महासागरमा होल्डिङ ढाँचामा उडान भरे। उडेको करिब १ घण्टा ३० मिनेटपछि विमान सुरक्षित रूपमा नेवार्क फर्कियो । भिडियो हेरेपछि मानिसहरु निकै आत्तिएका छन् । यो घटनापछि मानिसहरुले एयरलाइन्सको पुरानो फ्लीटको कमजोर मर्मतसम्भारलाई दोष लगाएका छन् ।

    एरो एक्सप्लोरको रिपोर्ट अनुसार उक्त विमान युनाइटेड एयरलाइन्सको थियो। जुन नेवार्कबाट ब्राजिलको साओ पाउलो जाँदै थियो । एयरो एक्सप्लोररले उक्त विमान बोइङ ७७७-२००इआर रहेको बताएको छ । यो उडेको डेढ घण्टापछि नेवार्क फर्कियो। घटनाको वास्तविक कारण खुल्न सकेको छैन । मानिसमा डर कम गर्न युनाइटेड एयरलाइन्सले २०२३ मा उपलब्ध हुने दर्जनौं बोइङ ७३७ म्याक्स विमान किन्न अर्डर गरेको छ । इन्डिया टिभी

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ आश्विन ८, शनिबार ०६:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP