logo
  • २०८३ आश्विन १९ | Mon, 05 Oct 2026
  • गोप्य सूचना बाहिर पठाएको आरोप, एआईजी दाहालमाथि कारबाही प्रक्रिया

    गोप्य सूचना बाहिर पठाएको आरोप, एआईजी दाहालमाथि कारबाही प्रक्रिया

    काठमाडौं।  सरकारले सुरक्षा निकायसँग सम्बन्धित संवेदनशील सूचना चुहावट गरेको अभियोगमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षकवंशीराज दाहाललाई पदबाट निलम्बन गरेको छ। गृह मन्त्रालयले पदीय आचरण विपरीत कार्य गरेको भन्दै उनलाई निलम्बन गरी छानबिन प्रक्रिया अघि बढाएको हो।

    गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले जारी गरेको विज्ञप्तिअनुसार निजामती तथा प्रहरी कर्मचारीहरूले पालना गर्नुपर्ने पदीय आचरण र कानुन बमोजिमको जिम्मेवारी पूरा नगरेकाले दाहाललाई निलम्बन गरिएको हो।

    एआईजी दाहालले राष्ट्रिय सुरक्षा र संगठनका संवेदनशील गोप्य सूचनाहरू बाहिर पठाएर आचरण विपरीत कार्य गरेको भन्दै सशस्त्र प्रहरी मुख्यालयले आवश्यक कारबाहीका लागि गृह मन्त्रालयमा सिफारिस गरेको थियो।

    सोही सिफारिसका आधारमा  सोमबार बसेको गृह मन्त्रालयको बैठकले घटनाको सूक्ष्म छानबिन गर्न जाँचबुझ अधिकृत तोक्ने निर्णय गरेको छ। तोकिएका जाँचबुझ अधिकृतलाई तीन दिनभित्र छानबिन पूरा गरी मन्त्रालयसमक्ष प्रतिवेदन पेस गर्ने कार्यादेश दिइएको छ।

    गृह मन्त्रालयले आफ्ना मातहतका सुरक्षा निकाय तथा निजामती कर्मचारीहरूबाट हुन सक्ने पदीय आचरण विपरीतका गतिविधि, सूचना चुहावट र शान्ति सुरक्षामा प्रतिकूल असर पार्ने काममाथि कडा निगरानी तथा विश्लेषण भइरहेको स्पष्ट पारेको छ।

    “कानुन विपरीत हुने हरेक गतिविधि वा घटनामा संलग्न जोसुकैलाई बिनाछुट प्रचलित कानुन बमोजिम कडा कारबाही गरिनेछ,” मन्त्रालयका प्रवक्ता काफ्लेले भनेका छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८३ आश्विन १९, सोमबार २०:५०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP