logo
  • २०८३ मंसिर १ | Mon, 16 Nov 2026
  • मध्यपूर्वमा अमेरिकी विमानवाहक पोतको संख्या तीन पुग्यो

    मध्यपूर्वमा अमेरिकी विमानवाहक पोतको संख्या तीन पुग्यो

    काठमाडौं । अमेरिकाले मध्यपूर्वमा थप एक विमानवाहक पोत ‘युएसएस थियोडोर रुजवेल्ट’ तैनाथ गरेको छ। बिबिसी पर्सियनका अनुसार अमेरिकी सैन्य अधिकारीले सिबिएस न्युजलाई यो जानकारी दिएका हुन्।

    यस क्षेत्रमा यसअघि नै अमेरिकाका अन्य दुई विमानवाहक पोत ‘युएसएस जर्ज एचडब्ल्यु बुश’ र ‘युएसएस जर्ज वासिङ्टन’ पनि कार्यरत छन्।

    यद्यपि, यी तीनवटै विमानवाहक पोतको एकैसाथको उपस्थिति भने अस्थायी रहने सम्भावना छ।

    किनकि विमानवाहक पोतका लडाकु समूहहरू (कम्ब्याट ग्रुप्स) एक निश्चित व्यवस्थाअन्तर्गत विभिन्न क्षेत्रहरूमा आफैँ खटिने स्थान परिवर्तन गरिरहन्छन्।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८३ कार्तिक ३०, सोमबार १६:४७
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP