logo
  • २०८२ फाल्गुन २८ | Thu, 12 Mar 2026
  • लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीद्वारा सकुशल उद्धार

    रसुवाको गोसाइँकुण्ड गाँउपालिका ५ स्थित गोसाइँकुण्डबाट घर फर्कने क्रममा लेक लागेर बेहोस भएका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ ।

    बेहोस हुनेहरुमा नुवाकोट जिल्लाको ककनी गाँउपालिका ८ बस्ने ४५ वर्षीय नारायण भण्डारी र सोही जिल्लाको विदुर नगरपालिका ११ बस्ने २० वर्षीय साधना प्याकुरेल र धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ३ बस्ने १० वर्षीय निर्जीव दुवाडी छन् ।

    सो बारे जानकारी प्राप्त भएपश्चात सशस्त्र प्रहरी बल नेपाल नम्बर २० गुल्म रसुवाबाट गएको सशस्त्र प्रहरीले उनीहरुलाई पिठ्युँमा बोकी धुन्चे अस्पताल ल्याउने क्रममा उनीहरुको बाटोमै स्वास्थ्यमा सुधार आएपछि आफन्तको जिम्मा लगाइएको थियो ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ श्रावण २८, शनिबार ०५:४८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    TOP