logo
  • २०८२ जेष्ठ २२ | Thu, 05 Jun 2025
  • लैङ्गकि विविधता अन्तगर्न अन्तरक्रिया

    लैङ्गकि विविधता अन्तगर्न अन्तरक्रिया

    महेश सिंह सिरहा लहान – २४ जेष्ठ – नेपाली समाजमा सीमान्तकृत महिला माथी हुने गरेको घरेलु हिंसा तथा यौनजन्य हिंसा न्यूनीकरण र आत्म निर्भर बनाउनका लागी सप्तरीको सुरुङ्गा नगरपालिकामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको कार्यक्रममा सीमान्तकृत महिलाहरुको उल्लेखनीय उपस्थिति रहेको थियो।

    शोशन दमनको चपेटामा पर्दै आएका सीमान्तकृतहरुलाई आत्मबल बढाउन र लैङ्गकि बिभेदीकरण अन्त गर्न सरोकारवाला संग एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको महिला बिकास निरीक्षक देवी पण्डीतले जनाए।
    राष्ट्रिय महिला आयोगको माननीय सदस्य कृष्ण कुमारी पौडेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा सप्तरी जिल्ला समन्वय समितिका प्रमुख शिव नारायण साह कार्यक्रमको प्रमुख अतिथि रहनु भएको थियो।

    प्रमुख अतिथि साहका अनुसार महिलाले निकै पिडा खेप्दै आएका छन्।महिलामा सहन गर्ने धैर्यता निकै बलियो रहेको भन्दै आपत बिपतमा नारी शक्तिको अहम् भुमिका रहेको चर्चा गरेका थिए।कार्यक्रममा सुरुङ्गा नगरपालिका मेयर गिता चौधरी बिशिस्ट अतिथि रहनु भएको उपसचिब सीता निरौलाले जनाए।

    कार्यक्रममा नगर उप-प्रमुख रुद्र बहादुर कार्की सम्बन्धित वडा का वडा अध्यक्ष शिव नारायण चौधरी पालिकाका प्रमुख प्रशासकिय अधिकृत गजेन्द्रनाथ शर्मा वरिष्ठ पत्रकार तथा मानव अधिकारकर्मी देवराज फोखरेल,संचारकर्मी राम भरोशी महतो लगायतका अतिथिहरुको उपस्थिति रहेको आयोजक समितिका प्रतिनिधि रमा श्रेष्ठले बताए।

    जुन सुकै NGO,INGO र स्थानीय तहले बालबालिका र वृद्धाहरुको बजेट दोहन गर्ने सरकारलाई बाद्य्यकारी बनाउने र लिङ्गको कारण हिंसामा परेका महिलाहरुलाई आत्मबल बढाउन सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम संचालन गरेका हुन्।

    नेपाली राजनितीका नेताहरुले अन्तरजातीय बिवाह गरेर समानुपातिक सांसद बनाउने प्रक्रिया नेपाली राजनीतिमा चर्चाको विषय बनेको देखिन्छ। कति महिला वैदेशिक रोजगारीमा छ र हिंसा प्रभावित महिलाहरुको तथ्यांक हरेक स्थानीय तहलाई राखनु पर्ने माननीय सदस्य पौडेलले बताए।
    नेपालमा ५१.२% महिलाको जनसंख्या रहेका छन्। धर्म र जातीय विभेद गर्नु हुदैन नेपालको संबिधानमा विशेष ब्यवस्था गरिएको छ।

    कानुनमा छोरा सर्ह अंस पाउने ब्यवस्था छ। पैतरीक सम्पत्तिमा समान हक हुनुपर्ने संविधानले ब्यवस्था गरेको उल्लेख छन।हिंसाबाट जोगिन तराई मधेसमा रक्सी बन्द गर्नु पर्ने आउदो नयाँ जेनरेशनलाई कुलतको भागेदारबाट टाडिन रक्सी मुक्त समाज बनाउनु पर्नेमा जोड दिनु भयो।विभेद जन्य कार्यहरु रोकिनु पर्ने योजना र नितिको खाचो रहेका छन्।

    वडा अध्यक्षहरुलाई सहमत हुनुपर्छ प्रत्येक वडा बाट रक्सी बहिष्कार गर्नु पर्नेमा जोड दिदै राजनीति दलहरुले बनाएको नियम आफैं उलंघन गरी रहेको माननीय सदस्य पौडेलले टिप्पणी गरेका थिए।राष्ट्रिय महिला आयोगमा हाल सम्म १३१८ वटा घरेलु हिंसाका मुद्दा दर्ता रहेका छन्।

    जेल परेका महिलाहरु समाजबाट तृसकृत हुने र पुरुषहरु जेल बाट रिहाई भयो भने अबिर र फुलको मालाले स्वागत गर्ने प्रमपरा अन्त गर्नु जोडदिनु भयो। यस्ताक्रिया कलाप समाजमा बिकृती ल्याउने गरेका छन्।

     

     

     

     

     

     

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह महेश सिंह    
  • २०८० जेष्ठ २४, बुधबार ०३:३५
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट