logo
  • २०८२ आश्विन २८ | Tue, 14 Oct 2025
  • सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उच्चतममा।

    सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढ्यो, चाँदीको मूल्य पनि उच्चतममा।

    काठमाडौँ — नेपालको सुनचाँदी बजारमा मंगलबार सुनको मूल्य तोलामा ८ हजार १०० रुपैयाँले बढ्दै नयाँ रेकर्ड स्थापित भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, मंगलबार सुनको मूल्य तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ कायम भएको हो, जुन हालसम्मकै उच्च हो। सोमबार छापावाल सुन तोलामा २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।

    अन्तर्राष्ट्रिय बजारमा निरन्तर सुनको मूल्य बढिरहेको प्रभावले नेपाली बजारमा समेत यसको असर देखिएको हो। यसैबीच, सोमबार तोलामा ३ हजार २२० रुपैयाँ कायम भएको चाँदीको मूल्य पनि मंगलबार बढेर तोलामा २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन पनि हालसम्मकै उच्च हो।

    सुन र चाँदीको मूल्य वृद्धिले बजारमा उत्साह थपेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०८२ आश्विन २८, मंगलवार १२:१३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP