logo
  • २०८३ कार्तिक ३० | Mon, 16 Nov 2026
  • जनतालाई थप सार्वभौम बनाउनुपर्छ — रवि

    जनतालाई थप सार्वभौम बनाउनुपर्छ — रवि

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मधेसले जाति र पहाडले पार्टी छोडिसकेको बताउँदै अब नेपाली जनतालाई थप सार्वभौम बनाउनुपर्नेमा जोड दिएका छन्।

    छठ पर्वका अवसरमा पूजाआजाका लागि जनकपुरधाम पुगेका सभापति लामिछानेले जानकी मन्दिर परिसरबाट पार्टीका नेता अमरेशकुमार सिंहको मेची–महाकाली पदयात्रालाई शुभकामना दिँदै उक्त धारणा व्यक्त गरेका हुन्।

    नेता सिंहको यो पदयात्रा राजनीतिक दलको घेराभन्दा माथि उठेर देशमा आपसी सद्भाव र राष्ट्रिय एकताको बलियो सन्देश दिन सफल हुने विश्वास उनले व्यक्त गरे। लामो समयदेखि हिमाल, पहाड र मधेसलाई जोड्ने अभियानमा सक्रिय नेता सिंहले सुरु गरेको यो सद्भावपूर्ण यात्राले सिङ्गो देशलाई सूत्रमा बाँध्ने अपेक्षा गरिएको छ। पवित्र स्थल जनकपुरधाम र छठ पर्वको पवित्र अवसरबाट यसको थालनी हुनुले विशेष महत्व राख्ने उनको भनाइ थियो।

    सभापति लामिछानेले देशलाई शिरमा राखेर जाति, लिङ्ग, धर्म, सम्प्रदाय र भूगोलका सबै सीमाहरूलाई जोड्ने यो यात्राले सकारात्मक परिणाम दिने बताए। लामो समयदेखि राजनीतिक क्षेत्रमा सक्रिय नेता सिंहका लागि रास्वपा नै अन्तिम गन्तव्य बन्ने र यसैमार्फत मुलुकको निकास निस्किने विश्वास व्यक्त गर्दै उनले आगामी निर्वाचनको सन्दर्भसमेत कोट्याएका थिए। सो अवसरमा उनले जानकी मन्दिर प्राङ्गणमा उपस्थित सम्पूर्ण भक्तजन तथा सर्वसाधारणप्रति हार्दिक धन्यवाद ज्ञापन गरेका थिए।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८३ कार्तिक ३०, सोमबार १६:४०
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP