logo
  • २०८२ फाल्गुन ५ | Tue, 17 Feb 2026
  • सिरहा–२ मा रामचन्द्र यादवको बढ्दो क्रेज, सभास्थलमा समर्थकहरूको उल्लेखनीय भीड

    सिरहा–२ मा रामचन्द्र यादवको बढ्दो क्रेज, सभास्थलमा समर्थकहरूको उल्लेखनीय भीड

    महेश सिंह लहान सिरहा –लक्ष्मीपुर पतारी गाउँपालिका–१ मा नेपाली कांग्रेसको चुनावी सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम तथा चुनावी सभा उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ। नेता–कार्यकर्ता, शुभेच्छुक तथा स्थानीयवासीहरूको उल्लेखनीय उपस्थितिले कार्यक्रमलाई थप ऊर्जा प्रदान गरेको थियो।
    कार्यक्रममा वक्ताहरूले पार्टीको संगठन सुदृढ बनाउँदै लोकतान्त्रिक मूल्य–मान्यतालाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे। आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै घरदैलो, टोलभेला र जनसम्पर्क अभियानलाई तीव्र बनाइने जनाइएको छ।
    सिरहा जिल्ला निर्वाचन क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका राम चन्द्र यादवको समर्थनमा कार्यक्रम स्थलमा समर्थकहरूको उल्लेखनीय भीड देखिएको थियो। स्थानीय स्तरमा यादवप्रति बढ्दो आकर्षण र ‘क्रेज’ देखिएको भन्दै कार्यकर्ताहरूले निर्वाचनमा विजय सुनिश्चित गर्ने दाबी गरेका छन्।
    सभामा सहभागी वक्ताहरूले विगतका अधुरा विकासका कामलाई पूर्णता दिने, शिक्षा, स्वास्थ्य, कृषि तथा पूर्वाधार विकासलाई प्राथमिकतामा राख्ने प्रतिवद्धता दोहोर्‍याए। कार्यक्रम अन्त्यमा लोकतन्त्रको सुदृढीकरण र समृद्ध सिरहा निर्माणका लागि एकजुट भएर अघि बढ्ने संकल्प गरिएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    महेश सिंह    
  • २०८२ फाल्गुन ४, सोमबार ०८:१६
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP