logo
  • २०८२ माघ ३ | Sat, 17 Jan 2026
  • गोंगबु बसपार्क क्षेत्रमा चल्यो डोजर [ फोटो फिचर ]

    गोंगबु बसपार्क क्षेत्रमा चल्यो डोजर [ फोटो फिचर ]

    काठमाडौं,२० भदौ । काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई सोमबार पनि जारी राखेको छ। महानगरले आज गोंगबु बसपार्क क्षेत्रका अवैध संरचना हटाएको हो।

    महानगरका नगर प्रहरी बल प्रमुख राजु पाण्डेका अनुसार गोंगबु बसपार्क क्षेत्रमा रहेको स्थानमा फुटापथ मिचेर राखिएका होर्डिङ बोर्ड, होटललगायतका संरचनाहरू हटाइएको छ। महानगरले अवैध संरचना हटाउन पटक-पटक आग्रह गरे पनि बेवास्ता गरेको भन्दै टोली गोंगबु पुगेको हो। महानगरले यसअघि कोटेश्वर, बानेश्वर, न्युरोड, त्रिपुरेश्वरलगायतका क्षेत्रका अनधिकृत संरचना हटाएको थियो।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी न्युज डेस्क    
  • २०७९ भाद्र २०, सोमबार १०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP