logo
  • २०८३ आश्विन ११ | Sun, 27 Sep 2026
  • राणाको गिरफ्तारी ‘गैरकानुनी’ भन्दै शशांक कोइरालाको आपत्ति

    राणाको गिरफ्तारी ‘गैरकानुनी’ भन्दै शशांक कोइरालाको आपत्ति

    काठमाडौं । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई मध्यरातमा स्पष्ट कारणबिना नियन्त्रणमा लिइएको घटनाको निन्दा गरेको छ।

    देउवा पक्षको १५औँ महाधिवेशन तयारी समितिका संयोजक शशांक कोइरालाले एक विज्ञप्ति जारी गर्दै पूर्वप्रधानन्यायाधीश राणालाई बिनाआधार र प्रमाण धरपकड गरिएको भन्दै गम्भीर आपत्ति जनाएका हुन्।

    संयोजक कोइरालाद्वारा जारी विज्ञप्तिमा राणाको गिरफ्तारीलाई ‘हचुवा, अराजक र गैरकानुनी’ कार्यको संज्ञा दिँदै सरकारको यस्तो शैली गैरजिम्मेवारपूर्ण रहेको उल्लेख गरिएको छ।

    बिनाकुनै कानुनी प्रक्रिया र पर्‍याप्त कारण मध्यरातमा पूर्वप्रधानन्यायाधीशजस्तो सम्मानित व्यक्तित्वलाई नियन्त्रणमा लिनु लोकतान्त्रिक मूल्यमान्यताविपरीत रहेको देउवा पक्षको ठहर छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८३ आश्विन ११, आईतवार २०:२८
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP