अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मोरङको रिजाल क्यानिङ एण्ड कम्पनी प्रालिको हदबन्दी छुटको जग्गा हिनामिना गरेको अभियोगमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र पूर्वमन्त्री डा. मीनेन्द्र रिजालसहित ९७ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
सार्वजनिक जग्गा गैरकानुनी रूपमा सट्टापट्टा तथा बिक्री–वितरण गरी राज्यलाई आर्थिक नोक्सानी पुर्याएको दाबी गर्दै अख्तियारले उनीहरूविरुद्ध ७३ करोड ४९ लाख ५६ हजार रुपैयाँ बिगो र सोहीबमोजिम जरिवाना तथा कैद सजायको माग गरेको छ।
प्रतिक्रिया