logo
  • २०८२ आश्विन २८ | Tue, 14 Oct 2025
  • सप्तरीमा विवाहपछि युवकले घर छाडेर भागे, युवतीलाई सास्ती। 

    सप्तरीमा विवाहपछि युवकले घर छाडेर भागे, युवतीलाई सास्ती। 

    रामशंकर भण्डारी सप्तरी – सुरुङा नगरपालिका १० थलहा गाउँका नागेन्द्र यादव र प्रियंका यादवबीच दुई वर्षदेखि प्रेम सम्बन्ध चलेको थियो। कृष्णा अष्टमीको अवसरमा, टिकुलिया गाउँमा स्थानीयहरूको रोहबरमा परम्परागत सामाजिक विधिपूर्वक मन्दिरमा उनीहरूको विवाह गराइएको थियो।

    तर, प्रेम विवाहपछि दाइजोको लोभ र पारिवारिक दबाबका कारण एक नवविवाहित युवतीलाई अमानवीय व्यवहारको सामना गर्नुपरेको हो। विवाहको भोलिपल्टै, दाइजोको विषयलाई लिएर घर छोडेर घरबाट भागेका नागेन्द्र यादव परिवारकै दबाबमा बेपत्ता भएका छन्। यसले युवतीलाई थप पीडा दिएको छ।

    युवती प्रियंका कुमारी यादवको भनाइ:
    “ससुरालीमा सुखी जीवन बिताउने आशामा बसेकी थिएँ, तर अहिले पीडादायक जीवन बिताउन बाध्य भएकी छु। ससुरालीले खाना–पानी समेत बन्द गरेका छन्।”

    पीडितको सासु बमभाेली यादवको भनाइ:
    “मेरो छोरोले जबर्जस्ती कुटपिट गरी विवाह गराएको आरोप लगाउँदै बुहारी स्वीकार गर्न म अस्वीकार गर्छु। यदि छोरोले स्वीकारे भने, मलाई कुनै आपत्ति छैन।”

    वडाध्यक्ष चन्द्र नारायण यादवको टिप्पणी:
    “युवकले युवतीलाई स्वीकार गर्नु अनिवार्य हो। तर, युवक बेपत्ता भएपछि युवतीलाई थप पीडा भएको छ।”

    यस घटनाप्रति प्रहरीलाई खबर गरिए पनि, अझै मुद्दा दर्ता नभएको र पीडित पक्षको कुरा नसुनेको स्थानीयले आरोप लगाएका छन्। यस घटनाले दाइजो प्रथालाई झनै बढावा दिने कार्य भएको देखिन्छ। स्थानीय सरकार र सम्बन्धित सरोकारवालाले यस मामिलामा ध्यान दिनु आवश्यक छ। पीडित युवतीको सुरक्षा र न्याय सुनिश्चित गर्न तत्काल कदम चालिनुपर्छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ आश्विन २७, सोमबार १३:५३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP