logo
  • २०८२ माघ १ | Thu, 15 Jan 2026
  • प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ताको बहिष्कार आह्वान

    प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ताको बहिष्कार आह्वान

    जेनजी मुभमेन्ट नेपालले रवि लामिछानेविरुद्ध चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी अभियोग फिर्ता लिने प्रक्रियाप्रति कडा आपत्ति जनाएको छ। महान्यायाधिवक्ता कार्यालयले सम्बन्धित सरकारी वकिललाई अभियोग फिर्ताको स्वीकृति दिएको कदमलाई मुभमेन्टले शक्तिको दुरुपयोग भनेको छ।
    जेनजी मुभमेन्टका प्रवक्ता विजय शाहले जारी गरेको विज्ञप्तिमा महान्यायाधिवक्ता सविता भण्डारीलाई तत्काल बर्खास्त गर्न माग गरिएको छ। जेनजी विद्रोह र शहीदहरूको बलिदानीबाट बनेको सरकारले नै अपराधीको संरक्षण गरेको आरोप विज्ञप्तिमा लगाइएको छ।
    मुभमेन्टले विद्रोहलाई अपहरण गर्दै सत्ता कब्जामार्फत बनेको सुशीला कार्की नेतृत्वको सरकार र त्यस सरकारले नियुक्त गरेका महान्यायाधिवक्ताबाट अपराधीलाई उन्मुक्ति दिन खोजिएको दाबी गरेको छ। यसले कानूनको सर्वोच्चता कमजोर पारेको जेनजी मुभमेन्टको ठहर छ।
    विज्ञप्तिमा यस्तो कदम लोकतान्त्रिक मूल्य, पीडितको न्याय र राज्यको जिम्मेवारीविरुद्ध भएको उल्लेख छ। कुनै पनि अपराधीलाई दिइने उन्मुक्ति जेनजी विद्रोहमाथिको धोका र बलिदानीमाथिको गम्भीर अपमान भएको मुभमेन्टको निष्कर्ष छ।
    कानून सबैका लागि समान हुनुपर्ने भन्दै जेनजी मुभमेन्टले प्रधानमन्त्री सुशीला कार्की र महान्यायाधिवक्ता सविता भण्डारीलाई सार्वजनिक रूपमा बहिष्कार गर्न आह्वान गरेको छ।

    यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0
    +1
    0



    राजधानी पत्रिका    
  • २०८२ माघ १, बिहीबार २०:०३
  • प्रतिक्रिया

    सम्बन्धित समाचार
    ताजा अपडेट
    TOP